दफा ३७
धनादेशको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकार
: (१) नेपाल सरकारले
धनादेशको व्यवस्थाबाट हुलाक अड्डाहरु मार्फत साना–साना रकमहरु आदान प्रदान हुने व्यवस्था गर्न र तत्सम्बन्धी नियमहरु बनाउन सक्नेछः–
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ ।
(क) धनादेशबाट आदान प्रदान गर्न सकिने रकमको हद अंक,
(ख) धनादेश चालू रहने अवधि र
(ग) धनादेश वा तत्सम्बन्धी अरु कुराहरु वापत लाग्ने कमिशन वा महसुलको दर ।